त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधारको खाका १५ दिनभित्र पेश गर्न गृहमन्त्रीकाे निर्देशन
काठमाडौँ- उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तत्कालीन र दीर्घकालीन सुधारको खाका १५ दिनभित्र पेश गर्न निर्देशन दिएका छन् ।
शनिबार विमानस्थलस्थित अध्यागमन कार्यालयको अनुगमन तथा निरीक्षणका साथै सेवाग्राहीको गुनासो सुन्दै उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले विमानस्थलका विभिन्न विषयमा सुधारका लागि खाका तयार गरी १५ दिनभित्र पेश गर्न निर्देशन दिएका हुन् ।
सेवा प्रवाहको अवस्था, सेवाग्राहीले भोग्ने गरेका दुःख र हैरानी, लगेजको सुरक्षाको प्रश्न, राष्ट्रिय सुरक्षालाई केन्द्रमा राखेर ‘अपराध र अपराधी’ नियन्त्रणमा शून्य सहनशीलता, डिजिटलाइजेसन लगायतको विषयमा सुधारको खाका तयार पार्न उनले निर्देशन दिएका छन् ।
त्यस्तै विमानस्थलमा श्रमिकलाई सम्मानजनक व्यवहार र पर्यटकलाई राम्रो सत्कार गर्ने पक्षमा कोही नचुक्न पनि गृहमन्त्री श्रेष्ठबाट निर्देशन भएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया