राजनीति

पाटन क्याम्पस स्ववियु सभापतिमा नेविसंघका बागी उम्मेदवार विजयी

इकागज |
चैत २६, २०७९ आइतबार ८:२० बजे

काठमाडौँ- पाटन संयुक्त क्याम्पसमा सभापतिमा नेपाल विद्यार्थी संघका बागी उम्मेदवार सुशील विष्ट विजयी भएका छन् । 

शनिबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनबाट बागी उम्मेदवार विष्ट विजयी भएका हुन् । 


गत चैत ५ गते हुनुपर्ने निर्वाचन आन्तरिक कारणले स्थगित भए पछि शनिबार निर्वाचन गरिएको थियो । जुन निर्वाचनवाट विष्ट ८४१ मतसहित विजय भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमाले निकट अनेरास्ववियुका उम्मेदवार सुरेश जिसी भने ६७२ मत ल्याए । त्यस्तै नेकपा माओवादी निकट अखिल क्रान्तिकारीका वीरेन्द्र मगर मदनले ६३७ मत पाए । कांग्रेस निकट नेपाल विद्यार्थी संघका उम्मेदवार युवराज लामा थिङ ३४६ मत पाए । 

नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले थिङलाई स्ववियु सभापतिको टिकट दिएपछि विष्टले स्वतन्त्र उम्मेदवारी दिएका थिए । पाटनमा २ हजार ६७९ मत खसेको थियो ।

 


Author

थप समाचार
x