राजनीति

को हुन् ‘फोन टेप’ प्रकरणमा सांसद श्रेष्ठद्वारा उल्लेखित कोर–टिम सदस्य ?

इकागज |
चैत २६, २०७९ आइतबार १८:१८ बजे

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा)का सांसद डा. ढाकाकुमार श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंबीचको आर्थिक लेनदेनको फोन टेप बाहिरिएपछि आइतबार नेपाली राजनीतिक वृत्त तरंगित बन्यो । समानुपातिक सांसद श्रेष्ठले अडियोमा बोलेका विषयमाथि धेरैले विशेष चासोसाथ हेरेका छन् ।

व्यवसायी प्रसाईंले उक्त अडियो सत्य हो भनिरहँदा श्रेष्ठले भने त्यसमा आफू संलग्न नरहेको दाबी गरेका छन् । रास्वपाले भने उनलाई निलम्बन गरी २४ घण्टे स्पष्टीकरण सोधेको छ । 


अडियोमा श्रेष्ठले २ करोड रुपैयाँ दिए पार्टीले आफूलाई स्वास्थ्य मन्त्री बनाइदिने र उक्त रकम जुटाइदिन प्रसाईंसँग आग्रह गरेका छन् । उनी प्रसाईंलाई पार्टीभित्र एउटा ‘कोर टिम’ भएको र उक्त टिमलाई साँझसम्म दुई करोड रुपैयाँ दिन सके आफू मन्त्री बन्ने बताउँछन् । ‘स्वास्थ्य हामीले पाउने भयौं । पार्टीलाई अलिकति सहयोग गर भनिरहेका छन् उनीहरूले । एउटा कोर टिम छ, दुई-तीन जनाको । मलाई साढे दुई जति चाहियो भनिरहेका थिए हिजो । आज साँझ मैले फिक्स गर्नु छ क्या दाइ । मेरो पक्का चाहिँ पक्का भयो,’ श्रेष्ठले प्रसाईंसँग भनेका छन्, मन्त्री पनि बन्नुपर्‍यो । स्वास्थ्य क्षेत्र धोइपखाली सुधार पनि गर्नुपर्‍याे त्यसमा तपाईंहरूको सहयोग र सपोर्ट चाहियो भन्ने कुरा नै हो ।’

तर, उनले त्यो ‘कोर टिम’मा को छन् भनेर खुलाएका छैनन् । ‘त्यो कोरमा टिममा दुई–तीन जना छन्,’ टिममा को–को अनि कति छन् भन्ने प्रसाईंको प्रश्नमा उनी जवाफ दि​एका छन् । 

उनको यस्तो खुलासापछि धेरैको चासो छ त्यो समूहमा को–को होलान् भनेर । यसलाई लिएर सामाजिक सञ्जालमा अनेक किसिमका अड्कलबाजी चलिरहेका छन् । 


Author

थप समाचार
x