Ekagaj Logo
२३ कात्तिक २०८१, शुक्रबार
(Friday, 08 November, 2024)

राजनीति

बागमती प्रदेशमा नवनियुक्त दुई मन्त्रीले लिए शपथ

इकागज |
चैत २६, २०७९ आइतबार १९:३८ बजे

मकवानपुर- बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामा र तिर्थ लामालाई मन्त्रिपरिषदमा सहभागी गराउँदै मुख्यमन्त्री शालिकरा जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । नेपाली कांग्रेस संसदीय दलका नेता लामाको नेतृत्वमा प्रदेश सरकारमा सहभागी भएकाे हाे ।

आइतबार साँझ प्रदेश प्रमुख कार्यालय हेटौंडामा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नव नियुक्त मन्त्रीद्वय लामाले पद तथा गाेपनीयताकाे सपथ खुवाएका हुन् । दलका नेता लामा आर्थिक मामिला तथा योजना मन्त्रालयकाे र तिर्थ लामालाई खानेपानी सिँचाइ तथा उर्जा मन्त्रालयको जिम्मेवारी दिइएको छ ।


मुख्यमन्त्री जम्मकट्टेलले प्रदेश सभामा विश्वासको मत लिएको १६ दिनपछि आइतबार २ जना मन्त्री मात्र नियुक्त गरेका हुन् । यसअघि प्रदेशमा मन्त्रिपरिषद विस्तार नहुँदा मुख्यमन्त्रीले मुख्यमन्त्रीसहित ८ वटा मन्त्रालयकाे जिम्मेवारी सम्हाल्दै आएका थिए । अझै ५ वटा मन्त्रालयमा मन्त्री नियुक्त गर्न बाँकी रहेकाे छ । कांग्रेससहितका दलहरूले मन्त्री बन्नेहरूको नामावली नपठाउँदा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो ।

अरु बाँकी मन्त्री तथा मन्त्रालयकाे विषयमा छिट्टै निर्णयमा पुग्ने गरी नेपाली कांग्रेस मन्त्रिपरिषदमा सहभागी भएकाे बताइएकाे छ । नेकपा एकीकृत समाजवादीका तर्फबाट पनि आइतबार नै मन्त्री बनाउने तयारी भएपनि मन्त्री बन्नेको नाम प्राप्त नभएकोले मन्त्रिपरिषदमा कांग्रेसका २ जना मात्र सहभागी गराइएकाे हाे ।


Author

थप समाचार
x