राजनीति

वरिष्ठ उपाध्यक्षमा तीनजना भिड्दै

उद्योग वाणिज्य महासंघकाे नयाँ कार्यसमिति चयनका लागि आज निर्वाचन

इकागज |
चैत २९, २०७९ बुधबार ६:२८ बजे

काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि आज निवार्चन हुँदैछ । उद्योगी व्यवसायीको छाता संस्था महासंघको ५७औं साधारणसभाले महासंघको नयाँ नेतृत्वकाे लागि आज निर्वाचन हुन लागेकाे हाे । यस महास‌‌घकाे हिजाे उद्घाटन भएकाे थियाे । 

साधारणसभबाट वरिष्ठ उपाध्यक्ष  चन्द्र ढकाल विद्यानत स्वतः अध्यक्षमा चयन हुनेछन् भने नयाँ वरिष्ठ उपाध्यक्षलगायत सदस्य पदका लागि भने आजबाट निर्वाचन हुनेछ ।


वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र सांघाईले उम्मेदवारी दिने यस अघि नै घोषणा गरिसकेका छन् । यसरी निर्वाचित हुने महासंघकाे वरिष्ठ उपाध्यक्ष अर्काे कार्यकालका लागि स्वतः अध्यक्ष हुनेछन् ।

साधारण सभाले महासंघको ६४ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ । जसअनुसार जिल्ला–नगर वाणिज्य, वस्तुगत र एसोसिएटमा एक–एक जना गरी तीन जना उपाध्यक्ष चयन गर्नेछ ।

यसैगरी, वस्तुगत संघबाट १४ जना, उद्योग वाणिज्य संघबाट १८ जना, एसोसिएट कार्यसमितिबाट १९ जना र जिल्लाबाट ७ जना सदस्य केन्द्रीय कार्यसमितिमा नयाँ नेतृत्व आउनेछ ।


Author

थप समाचार
x