राजनीति

काठमाडौँवासीको हितमा काम नगर्ने भए सिंहदरबार र राजधानी सार्नुस्, आपत्ति छैन : बालेन शाह

इकागज |
चैत ३०, २०७९ बिहीबार १४:२८ बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले काठमाडौँवासीको हितमा काम नगर्ने भए प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार अन्यत्र सार्न संघीय सरकारलाई सुझाव दिएका छन् ।

आफ्नो कार्यमा संघीय सरकारले असहयोग गरेको भन्दै काठमाडौँ महानगरले सिंहदरबारसहितका स्थानको फोहोर उठाएको छैन । यसपछि बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौँ महानगर मेयर शाहको अभिव्यक्ति गैरजिम्मेवार रहेको र आफ्नो जिम्मेवारी पूरा गर्न भनेको थियो ।


यसपछि बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले काठमाडौँवासीको हितमा काम नगर्ने भए सिंहदरबार अरु पालिकामा सार्न भनेका हुन् । काठमाडौँवासीलाई राजनीतिक नचाहिएको भन्दै उनले काठमाडौँवासीलाई आफ्नो सम्पदा, संस्कृति, कला, सभ्यता चाहिने बताए । 

काठमाडौँको हिमा काम गर्न र नगर्ने भए सिंहदरबार नै सार्न भन्दै शाहले फेसबुकमा लेखेका छन्, ‘कि काठमाडौँको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस् । हामी काठमाडौँवासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस कि राजधानी सार्नुस्  । हामीलाई हाम्रो सम्पदा, संस्कृति, कला, सभ्यता चाहिन्छ , राजनीति हैन ।’


Author

थप समाचार
x