राजनीति

ओलीलाई विश्‍वासको मत नदिने खनाल-नेपाल समूहको निर्णय

अवैध अध्यक्षले जारी गरेको ह्वीप हामी मान्दैनौँ : भीम रावल

इकागज |
बैशाख २७, २०७८ सोमबार ११:१६ बजे

काठमाडौँ : नेकपा एमालेको खनाल-नेपाल समूहको बैठक सकिएको छ । संसद्‍मा हुने विश्वासको मतको विषयमा बसेको बैठक सम्पन्‍न भएको हो । बैठकले ओलीलाई विश्‍वासको मत नदिने निर्णय गरेको नेता भीम रावलले जानकारी दिए ।

'हाम्रो पार्टीका वरिष्ठ नेता माधव नेपालले हिजो नै पार्टीको विश्वासको मत दिने हो भने हाम्रो शर्त मान्‍नुपर्छ भन्‍ने अडान कायम राख्नु भएको थियो । तर उल्टै ओलीले दम्भका साथ पत्र जारी गर्नुभयो' रावलले भने 'उहाँलाई विश्वासको मत नदिने निर्णय । उहाँको कुनै निर्देशन हामीलाई मान्य छैन । सर्वोच्चको फैसला बमोजिम बैठक बोलाउनुपर्छ । त्यसपछि उहाँ वैध अध्यक्ष बन्‍नुहुन्छ ।'


आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई सच्चिने अन्तिम मौका भन्दै आज बिहान ९ बजेसम्मको अल्टिमेटम दिएको थियो । खनाल-नेपाल समूहले सामूहिक राजीनामा दिने वा फ्‍लोर क्रस गर्ने निर्णय लिनेबारे छलफल गरेको थियो ।
 


Author

थप समाचार
x