बालेनविरुद्धकाे रिट कामु प्रधानन्यायाधीश कार्कीको इजलासमा
काठमाडौं । सिंहदरबारलगायत स्थानको फोहोर नउठाएको विषयमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)विरुद्ध परेको रिटको सुनुवाइ कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको इजलास हुने भएको छ ।
अधिवक्ता पदमबहादुर श्रेष्ठले सोमबार रिट दायर गरेको रिटको सुनुवाइ मंगलबार कामु प्रधानन्यायाधीश कार्कीको एकल इजलासको आठौं नम्बरमा तोकिएको छ ।
अव्यवस्थित बस्तीलाई व्यवस्थित गर्ने लगायतका कार्यमा केन्द्रीय सरकारले असहयोग गरेको भन्दै काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासनिक निकाय सिंहदरबार, प्रधानमन्त्रीको सरकारी निवास र राष्ट्रपतिको कार्यालय शितलनिवासको फोहोर नउठाउने निर्णय गैरकानुनी भएको भन्दै रिट परेको हो ।
रिटमा काठमाडौं महानगरपालिका र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया