संसद्मा सांसद सापकाेटाकाे माग : ताताेपानीमा अध्यागमन कार्यालय राखियाेस्
काठमाडौँ - प्रतिनिधिसभाको आजको बैठकमा सांसद माधव सापकोटाले तातोपानी नाका खुल्ने निर्णय भए पनि अध्यागमन कार्यालय नभएकाले तत्काल कर्मचारी व्यवस्थापन गर्न माग गरेका छन्। उनले अध्यागमन कार्यालय नहुँदा एक अर्का देशका नागरिकले आवतजावत गर्न समस्या हुने भन्दै तत्काल कर्मचारी तथा आवश्यक अन्य स्रोतसाधनको प्रबन्ध गर्नुपर्नेमा जोड दिए ।
प्रतिनिधिसभाको बैठक सुरु हुने बित्तिकै सांसद सापकोटाले नेपाल–चीन जोड्ने तातोपानी नाका पूर्णरुपमा खुल्न लागेको भए पनि सरकारी कार्यालयको अभावमा समस्या पर्ने हो कि भनी प्रश्न गरे ।
२०७२ काे भूकम्पपछि अस्थिर रहेकाे ताताेपानी नाका पूर्ण रुपमा खुलाइन पहल थालिएकाे छ । भूकम्पपछिकाे भाेटेकाेशी बाढीले नेपाल चीनबीचकाे व्यापारमा झनै समस्या थिपदियाे । नाकाबाट हुने व्यापार अस्थिर बनेपछि त्यहाँ रहेका कार्यालयहरु कर्मचारी अभावमा बन्दजस्तै भएका छन् । व्यापारीहरू पलायन भएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया