राजनीति

राष्ट्रपति पौडेललाई थप उपचारका लागि दिल्ली लगिँदै

इकागज |
बैशाख ६, २०८० बुधबार ९:१४ बजे

फाइल तस्बिर

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि भारत लैजाने तयारी गरिएको छ । पेट इन्फेक्सन नघटेपछि पौडेललाई भारतको नयाँ दिल्लीस्थित अल इन्डिया इस्टिच्यूट अफ मेडिकल साइन्सेस (एम्स) अस्पतालमा उपचार गराउन लैजान लागिएको हो ।

श्री एयरलाइन्समार्फत् राष्ट्रपति पौडेललाई आज बिहान साढे ९ बजे नयाँदिल्लीको एम्स अस्पतालमा उपचारका लैजान लागिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पौडेलले इकागजलाई जानकारी दिए ।


पौडेल मंगलबार बेलुकी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका थिए ।

राष्ट्रपति पौडेललाई थप परिक्षण र उपचारका लागि भारत लैजानु पर्ने चिकित्सकले सुझाव दिएका थिए ।

र, यो पनि


Author

थप समाचार
x