राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लगियो
तस्बिर : रासस
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिएको छ । श्री एयरलाइन्समार्फत् राष्ट्रपति पौडेललाई आज बिहान साढे ९ बजे भारत लगिएको हो ।
पेटमा इन्फेक्सन नघटेपछि पौडेलको भारतको नयाँ दिल्लीस्थित अल इन्डिया इस्टिच्यूट अफ मेडिकल साइन्सेस (एम्स) अस्पतालमा थप उपचार हुनेछ ।
पौडेल मंगलबार बेलुकी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका थिए ।
राष्ट्रपति पौडेललाई थप परिक्षण र उपचारका लागि भारत लैजानु पर्ने चिकित्सकले सुझाव दिएका थिए ।
र, यो पनि
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया