अर्थ मन्त्रालयमा तीनजना आर्थिक सल्लाहकार नियुक्त
काठमाडौं- सरकारले अर्थ मन्त्रालयमा तीनजना आर्थिक सल्लाहकार नियुक्त गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले डा. विश्वनाथ पौडेल, डा. पोषराज पाण्डे र डा. गुणाकर भट्टलाई विज्ञका रूपमा नियुक्त गर्दै विज्ञ सल्लाहकार समूह बनाएका हुन् ।
अर्थमा पौडेल र पाण्डे दुवै जना अवैतनिक रूपमा खटिने महतले जनाएको छ । पौडेल राष्ट्रिय योजना आयोगको पूर्व उपाध्यक्ष हुन् भने पाण्डे पूर्व सदस्य हुन् । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टलाई काजमा अर्थमन्त्रालय तान्न लागिएको हो ।
यसैगरी भट्ट नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक हुनुका साथै लामो समय राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभाग र बैंक सुपरीवेक्षण विभागको नेतृत्व सम्हालिसकेका भट्ट अहिले बैंक तथा वित्तीय संस्था नियमन विभाग प्रमुख हुन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया