राजनीति

नेकपाले बोलायो स्थायी समिति र केन्द्रीय समिति बैठक, ओलीले छुट्टै प्रतिवेदन पेस गर्ने

इकागज |
मंसिर ३, २०७७ बुधबार १५:१८ बजे

कठमाडौं : सत्तारुढ दल नेकपाको सचिवालय बैठक आगामी १८ गते स्थायी समिति र २५ गते केन्द्रीय कार्यसमिति बैठक बोलाउने निर्णय गर्दै सकिएको छ ।

 मंसिर १५ गतेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक सारेर २५ गते पुर्‍याउने निर्णय सचिवालय बैठकले गरेको हो  । यसअघि कात्तिक १५ गतेका लागि बोलाइएको बैठक सारेर मंसिर १५ गते पुर्‍याइएको थियो । 


प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आन्तरिक विवाद सल्टाउन स्थायी समिति र केन्द्रीय कार्यसमिति बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

स्थायी समिति बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले छुट्टै प्रतिवेदन पेस गर्ने छन् । 

सचिवालय बैठक पुनः १५ गते बस्‍ने प्रवक्ता श्रेष्ठले जानकारी दिए । 


Author

थप समाचार
x