राजनीति

मतगणना सुरु गर्न चितवनमा सर्वदलीय बैठक बस्‍दै

इकागज |
बैशाख ११, २०८० सोमबार ७:१९ बजे

 

चितवन - चितवन–२ को मतगणना सुरु गराउन सर्वदलीय बैठक बोलाइएको छ । आचारसंहिता उलङ्घनको विषयलाई लिएर नेपाली कांग्रेसले पहिला कारबाहीको अडान लिएपछि हिजैदेखि सुरु हुने पर्ने मतगणना  हुन सकेकाे छैन ।


आज सर्वदलीय बैठक बोलाएर सहमति भएपछी मतगणना सुरु हुनेछ । निर्वाचन आयोग, चितवन कार्यालयले बैठक ८ बजे सर्वदलीय बैठक बोलाइएको छ ।

सोही बैठकमा सहमति खोजेर मतगणना सुरु गरिने निर्वाचन अधिकृत ईश्वर आचार्यले सञ्चारकर्मीलाई जानकारी दिए।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तथा चितवनका जिल्ला प्रमुख अधिकारी (प्रजिअ)ले निर्वाचन आचारसंहिता उलङघन गरेको भन्दै हिजो कांग्रेसले उजुरी गरेको थियो ।  सो उजुरीको सम्बोधन नभएसम्म मतगणनामा सहभागी हुन नसक्ने अडान कांग्रेसले लिए पछि हिजो नै हुनु पर्ने मतगणना अझै सुरु हुन नसकेको हाे । 


Author

थप समाचार
x