राजनीति

चितवन-२ मा रविलाई १७ सय मतको अग्रता

इकागज |
बैशाख ११, २०८० सोमबार १९:४४ बजे

काठमाडौँ- ​उपनिर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर २ मा भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले १७ सय मतको अग्रता लिएका छन् ।

मतगणनाको पछिल्लो अपडेट अनुसार रास्वपाका रवि लामिछानेले ४३५८ मत पाउँदा नेकपा एमालेका रामप्रसाद न्यौपानेले २५८५ मतसहित उनलाई पछ्याइरहेका छन् ।


नेपाली कांग्रेसका जीत नारायण श्रेष्ठ २२०५ मतसहित तेस्रो स्थानमा छन् ।


Author

थप समाचार
x