अन्तिम परिणाम नआउँदै गोविन्दले भने - तपाईंप्रतिको विश्वास पूरा गर्न आफूलाई अब्बल प्रमाणित गर्न सकिनँ
फाइल फोटो
काठमाडौँ - तनहुँ क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भटट्राईले पदलाई आफूले कहिल्यै प्राथमिकता नदिएको बताएका छन् । तनहुँ १ मा भएको उपनिर्वाचनको अन्तिम मतपरिणाम नआउँदै सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले पदमा नरहे पनि आम नागरिकको पीडामा सँगसँगै हुने बताएका हुन्।
उनले जनताका व्यवहारिक समस्या समाधानलाई आदर्श मानेर चार दशक लामो राजनीतिक यात्रामा जनता सँगसँगै रहेको बताए । उनले भने, 'हुन त पदलाई मैले कहिल्यै प्राथमिकतामा राखिनँ । पदमा नरहे पनि तपाईंको पीडाले मलाई छोइरह्यो । ठूला आदर्शभन्दा तपाईंको व्यवहारिक समस्या समाधानलाई आदर्श मानेर बीपीको समाजवादबाट प्रेरित भएर चार दशक लामो यात्राका क्रममा तपाईंसँग रहेको हुँ ।'
उनले आफूलाई अब्बल प्रमाणित गर्न नसकेको र अझै विश्वासयोग्य बनाउन पृष्ठपोषण गर्ने बताए । 'सायद, मेरो तपाईंप्रतिको विश्वास पूरा गर्न आफूलाई अब्बल प्रमाणित गर्न सकिनँ, यसले मलाई तपाईंको विश्वास योग्य बनाउन अझ प्रयास गर्नुपर्ने पृष्ठपोषण गरेको छ । तपाईंहरुको जनादेशलाई शिरोपर गर्ने प्रतिवद्धता व्यक्त गर्दछु', उनले भने ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया