राजनीति

रास्वपाले खोस्यो कांग्रेसको एक सिट, तनहुँ-१ मा स्वर्णिम वाग्ले फराकिलो मतान्तरले विजयी

इकागज |
बैशाख १२, २०८० मंगलबार ६:४२ बजे

काठमाडौँ - प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ क्षेत्र-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्ले भारी मतले विजयी भएका छन् । निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई भन्दा झण्डै १५ हजार बढी मत ल्याएर उनी विजयी भएका हुन् । 

वाग्लेले ३४ हजार ९१८ पाउँदा भट्टराईले २० हजार १२२ मत पाएका छन् । वाग्लेले भट्टराईभन्दा १४ हजार ७९६ मत बढी ल्याएका छन् ।


नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल ८ हजार ४८८ मत पाउँदै तेस्रो भए । अरु उम्मेदवारले एक हजा मत कटाउन सकेनन् ।

मुख्य निर्वाचन कार्यालयले औपचारिक रूपमा नतिजा सार्वजनिक गर्न भने बाँकी रहेको छ ।

तनहुँ-१ मा गत मंिरमा भएको निर्वाचनमा कांग्रेसका रामचन्द्र पौडेल विजयी भएका थिए । पौडेल राष्ट्रपति भएपछि तनहुँमा उपनिर्वाचन भएको हो । उपनिर्वाचनमा रास्वपाले कांग्रेसको एक सिट खोसेको छ । 


Author

थप समाचार
x