सांसद कोइरीले संसद् सचिवालयलाई पत्र लेखेर भने : अस्वस्थ छु
फाइल तस्बिर
काठमाडौँ- नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीले आफू अस्वस्थ भएको भन्दै संसद् सचिवालयलाई पत्र लेखेका छन् । लगातार १० वटा बैठकसम्म बिनासूचना अनुपस्थित रहे सभामुखले सांसद पदबाट पदमुक्त गर्न सक्ने व्यवस्था छ ।
महतो १० वटाभन्दा बढी बैठकमा अनुपस्थित भइसकेका छन् । यसैबीच उनले आफू अस्वस्थ रहेको भन्दै संसद्लाई पत्र पठाएका हुन् ।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले कोइरीले बिरामी भएर संसद् बैठकमा अनुपस्थित रहेको जानकारी संसद् सचिवालयलाई गराएका छन् । उनका अनुसार यस बीचमा कोइरीले दुई पटक पत्र पठाइएका छन् ।
माघ २५ गतेदेखि अस्वस्थ भइ उपस्थित हुन नसकेको र सुधार भएपछि उपस्थित हुन्छु भनेर उनले पत्र पठाएको संसद् सचिवालयले जनाएको छ ।
महोत्तरी १ बाट निर्वाचित कोइरी २०७२ सालमा भएको मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका असई थमन बिक हत्याको घटनाका अभियुक्त हुन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया