राजनीति

बसुन्धारामा‘कोभिड आइसोलन तथा अक्सिजन थेरापी सेन्टर’ सञ्‍चालन गरिने

इकागज |
बैशाख २८, २०७८ मंगलबार १५:१२ बजे

फाइल तस्बिर

काठमाडौँ : कोभिड-१९ संक्रमितको संख्या बढ्दै जाँदा नेपाली सेनाले काठमाडौँको बसुन्धारामा ‘कोभिड आइसोलन तथा अक्सिजन थेरापी सेन्टर’ संचालन गर्ने तयारी गरेको छ । केही दिनभित्रै संचालनको तयारीमा रहेको ‘राधा स्वामी कोभिड आइसोलन तथा अक्सिजन थेरापी सेन्टर’को मंगलबार उपप्रधानमन्त्री ईश्‍वर पोखरेलले निरीक्षण गरेका छन् । 

सुविधासहित तत्काल ८८ शैयाको अक्सिजन थेरापी संचालन गर्न लागिएको हो । आवश्यकता अनुसार २ सय बेडसम्म संचालन गर्ने तयारी गरिएको छ । आइसोलेशन केन्द्रका लागि चाहिने पूर्वाधारका लागि काठमाडौं महानगरपालिकाले बजेटको व्यवस्था गरेको छ भने नेपाली सेनाले उपचार, सुरक्षा र व्यवस्थापनको जिम्मेवारी लिएको छ ।


आइसोलेशन केन्द्र संचालनमा आएपछि कोरोनाका बिरामीहरूको उपचारमा थप राहत मिल्ने विश्‍वास लिइएको छ । केन्द्रको निरीक्षण पछि सिसिएमसीका संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखरेलले काठमाडौंमा उपलब्ध ठूला भवनहरूलाई आइसोलेशन केन्द्रका रूपमा संचालन गरी कोरोना संक्रमितहरूको उपचार गर्ने सोच बनाएको र सोही अनुसार विरेन्द्र सैनिक अस्पताल र राधास्वामी संस्थाबाट भएको योगदान प्रंश‌ंसनीय भएको बताए । उनले यो केन्द्र संञ्‍चालनमा आएपछि कोभिड संक्रमितको उपचारमा सहयोग पुग्‍ने विश्‍वास व्यक्त गरे । 

निरीक्षणका क्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, उपमेयर ज्ञानमाया डंगोललगायतको सहभागिता थियो ।  आइसोलेशन केन्द्रका लागि राधास्वामी केन्द्रले भवन उपलब्ध गराएको हो  ।


Author

थप समाचार
x