राजनीति

लुम्बिनी राष्ट्रिय सभा उपनिर्वाचन : जेठ १ मा नामावली प्रकाशन, २ गते मनोनयन

इकागज |
बैशाख २८, २०७८ मंगलबार १६:५७ बजे

काठमाडौं : जेठ १७ गते सोमबार हुने लुम्बिनी प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचन कार्यक्रम निर्वाचन आयोगले स्वीकृत गरेको छ । स्वीकृत कार्यक्रम अनुसार जेठ १ गते मतदाता नामावली प्रकाशन गर्ने उल्लेख छ । त्यसै दिन दावी विरोधको उजुरी दिने भनिएको छ ।

जेठ २ र ३ गते प्राप्त निवेदन तथा उजुरी उपर छानबिन र कारबाही गर्ने तथा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रममा भनिएको छ । जेठ ४ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने र मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने उल्लेख छ । 


जेठ ५, ६ र ७ गते उम्मेदवारको विरोधमा उजुरी दिने कार्यक्रम छ । मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने, जेठ ८ गते उम्मेदवारले नाम फिर्ता लिने र जेठ ९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाकारी दिएको छ ।


Author

थप समाचार
x