करिब तीन महिनाको उपचारपछि सांसद भण्डारी आज नेपाल फर्कँदै
फाइल तस्बिर
काठमाडौँ- सांसद चन्द्रकान्त भण्डारी आज स्वदेश फर्कँदैछन् ।
गत फागुन ३ गते बुद्धनगरस्थित निवासमा ग्यास लिक हुँदा आगालागीमा परी गम्भीर घाइते भण्डारी करिब तीन महिनाको स्वास्थ्य उपचारपछि आइतबार स्वदेश फर्कन लागेका हुन् ।
भण्डारी निकट कांग्रेस नेता माधव न्यौपानेका अनुसार आइतबार दिउँसो २:५५ बजेको नेपाल वायुसेवा निगमको विमानमार्फत उनी स्वदेश फर्कन लागेका हुन् ।
नेपाली कांग्रेसका नेतासमेत रहेका प्रतिनिधिसभा सदस्य भण्डारी करिब तीन महिनादेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत रहेका थिए । उनका अनुसार भण्डारीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आएको जनाइएको छ । पछिल्लो समयमा उनी बोल्ने र हिँड्न सक्ने भएका छन् ।
सो आगलागीमा परी सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए । हरिकलाको भने उपचारका क्रममा गत फागुन ४ गते निधन भएको थियो । भण्डारीलाई भने थप उपचारका लागि भारत लगिएको थियो । अब नेपालमा नै उनको बाँकी उपचार हुनेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया