थप मन्त्रीकाे नाम टुंगो लगाउन कांग्रेस पदाधिकारी बैठक जारी
काठमाडौं- सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा कांग्रेस पदाधिकारी बैठक जारी रहेको छ ।
कांग्रेसबाट मन्त्रिपरिषद्मा पठाउने थप नामको टुंगो लगाउने बैठक बसिरहेको हो । उपनिर्वाचन पछि थप मन्त्रीको सपथ गराउने गरी मन्त्रिपरिषद विस्तार रोकिएको थियो। कांग्रेसले ९ मन्त्री र एक राज्य मन्त्रीको दाबी गरेको छ । त्यसमध्ये ६ जना संस्थापन पक्षबाट हुने भएका छन् ।
पदाधिकारी बैठकमा नीति अधिवेशनको मिति, भ्रातृ संस्थाको कार्यसमितिको पूर्णता, विभाग गठनलगायतमा पनि छलफल हुने बताइएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया