मन्त्री भुसालकाे गुनासाे : कृषि क्षेत्रलाई प्रधानमन्त्रीले चासो दिनुभएन
फाइल तस्बिर
काठमाडौँ- कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुषालले कृषि क्षेत्रलाई प्रधानमन्त्रीले चासो नदिएको बताएका छन् । आइतबार काठमाडौँमा पेशागत महासंघ नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री भुषालले आगामी आर्थिक वर्षको बजेटमा कृषि मन्त्रालयको बजेट पनि कटौती गरेको भन्दै असन्तुष्टि जनाए । उनले कृषि मन्त्रालयको बजेट कटौती नगर्न अर्थमन्त्री डा.प्रकाशशरण महत र प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरे पनि अर्थतन्त्र संकटमा रहेको भन्दै आवश्यक चासो नदिएको आरोप लगाए ।
उनले कृषि क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भए पनि कृषि क्षेत्रमा लगानी गर्न सरकार कन्जुस बनेको बताए । उनले कृषि क्षेत्रको विकासका लागि सिँचाइको व्यवस्था र बाँझो जमिनको उपयोगलाई बढाउनुपर्ने बताए ।
कृषिमन्त्री भुसालले बाँझो जमिनको प्रयोग गर्नसके उत्पादन बढाउन सकिने बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया