राजनीति

आयुर्वेदको प्रवर्द्धन र विस्तार गर्न आवश्यक : मेयर साह

इकागज |
बैशाख १७, २०८० आइतबार १९:५३ बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले आयुर्वेद देशलाई चिनाउन सक्ने माध्यम भएको बताएका छन् ।

आइतबार काठमाडौँमा आयोजित प्रथम राष्ट्रिय आयुर्वेद एचिभमेन्ट अवार्ड समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आयुर्वेदका लागि सरकारी स्तरबाट धेरै काम गर्न बाँकी रहेको जिकिर गरे ।


उनले आयुर्वेद विस्तार हुँदै जानुपर्नेमा झनै शिथिल बन्दै गएको उल्लेख गरे । उनले पहिला नेपालमा विदेशी पर्यटकहरू योगा, आयुर्वेदका लागि आउने गरेको तर पछिल्लो समय खस्कँदै गएको बताए । आयुर्वेदको प्रवर्द्धनका लागि सरकारले धेरै काम गर्नुपर्ने उनकाे भनाइ छ ।

मेयर साहले आयुर्वेदको प्रवर्द्धन र विस्तार गरी विदेशी पर्यटकहरू नेपालमा भित्र्याउनुपर्ने बताए ।


Author

थप समाचार
x