राजनीति

स्वास्थ्यमा सुधार आएपछि कांग्रेस नेता भण्डारी स्वेदश फर्किए

इकागज |
बैशाख १७, २०८० आइतबार २०:२ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका नेता एवम् सांसद चन्द्र भण्डारी स्वदेश फर्किएका छन् ।

भारतको मुम्बईस्थित नेशनल बर्न अस्पतालमा उपचाररत उनी आइतबार साँझ स्वदेश फर्किएका हुन् । त्यस क्रममा उनले आफूलाई बाँच्नका लागि साथ र सहयोग गरेकोमा नेपाल सरकार, विभिन्न राजनीतिक दलका नेताहरू, सहकर्मीहरू सबैप्रति आभार र धन्यवाद व्यक्त गरे ।


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकारहरुमाझ नेता भण्डारीले आफू थप उपचारको लागि भारत गएकै दिन नेपाल सरकारले अर्को बर्न अस्पताल बनाउने निर्णय गरेकोमा खुसी लागेको उल्लेख गर्दै त्यस अस्पताल निर्माणको नेतृत्व पनि गर्न चाहेको बताए । उनले सो अस्पतालको निर्माणमा सहयोग गर्न पनि सबैलाई अपिल गरे ।

स्वास्थ्यमा सुधार हुँदै गएपछि उनी स्वदेशमै बसेर उपचार गर्ने गरी स्वदेश फर्किएका हुन् । उनी गत फागुन ३ गते खाना पकाउने ग्यास लिक भएर घाइते भएका थिए । सोही घटनामा घाइते भएकी नेता भण्डारीकी आमाको उपचारका क्रममा निधन भएको थियो ।


Author

थप समाचार
x