राजनीति

कोभिडले एमाले नेता पशुपति चौलागाईंको निधन

इकागज |
बैशाख २९, २०७८ बुधबार ६:५० बजे

काठमाडौँ : कोभिड-१९ संक्रमणबाट नेकपा एमालेका प्रभावशाली नेता पशुपति चौलागाईंको निधन भएको छ । मंगलबार साँझ नेता चौलागाईंको निधन भएको बागमती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सरेश नेपालले बताए । उनी कोभिड संक्रमण भएपछि केही दिनदेखि मनमोहन अस्पतालमा उपचार गराइरहेका थिए ।

एमाले निकट युवा संघका पूर्व अध्यक्षसमेत रहेका चौलागाईं एमालेका पोलिटब्युरो सदस्य हुन् । दोलखा (ख) बाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित सांसद उनी  दुई पटक संघीय संसदको सांसद निर्वाचित भएका थिए ।


उनका श्रीमती, एक छोरा र दुई छोरी छन् ।


Author

थप समाचार
x