Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

राजनीति

मेरो संलग्नता छैन : टोपबहादुर रायमाझी

इकागज |
बैशाख २०, २०८० बुधबार २१:३७ बजे

फाइल तस्बिर

अर्घाखाँची- सांसद टोपबहादुर रायमाझीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् । रायमाझीलाई प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका हुन् ।

अर्घाखाँचीको सन्धिखर्कमा पत्रकारसँग सङ्क्षिप्त कुराकानी गर्दै रायमाझीले भनिन्, 'फसाउन खोजिएको हो कि के हो ? हामीले जान्ने कुरा भएन । यसमा हाम्रो संलग्नता छैन ।' उनले आफूले भुटानी शरणार्थीको दीर्घकालीन समस्या समाधानका लागि पहल गरेको बताए ।


नक्कली भुटानी शरणार्थी प्रकरणमा सांसद रायमाझीविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौँले तत्कालीन ऊर्जा मन्त्रीसमेत रहेका रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । रायमाझी गत मङ्सिरमा सम्पन्न निर्वाचनमा अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

उनी यसअघि उपप्रधानन्त्री एवं ऊर्जामन्त्री, भौतिक पूर्वाधारमन्त्री, स्थानीय विकासमन्त्री र शान्तिमन्त्री थिए । रायमाझीसँगै उनका छोरा सन्दीपविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।


Author

थप समाचार
x