न्याय चुस्त र दुरुस्त बनाउने मेरो पहिलो प्राथमिकता : नवनियुक्त मन्त्री गुरुङ
काठमाडौँ- नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आर्थिक पारदर्शितालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
बिहीबार मन्त्रालयको जिम्मेवारी सम्हालिसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् । उनले कुनै पनि योजना अघि बढाउँदा त्यसको लागत किस्ताबन्दीमा के, कति भन्ने कुरा निकालेर मात्रै अघि बढ्ने बताए ।
उनले आफ्नो पहिलो प्राथमिकता न्याय ढिलो हुन नदिने रहेको बताए । उनले न्याय चुस्त र दुरुस्त बनाएर अघि बढ्ने कुरा पहिलो प्राथमिकतामा रहेको उल्लेख गरे । उनले कुनै पनि क्षेत्रमा भएको भ्रष्टाचारमा कसैलाई पनि छुट नहुने स्पष्ट पारे ।
कानुनमन्त्री गुरुङले आज नै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया