नेताहरूविरुद्ध जारी पक्राउ पुर्जीलगायतका विषयमा छलफल गर्न एमालेले बाेलायाे बैठक
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले केन्द्रीय कमिटी र सचिवालय बैठक बोलाएको छ । च्यासलस्थित केन्द्रीय कार्यालयमा २६ वैशाखमा बस्ने गरी सचिवालय बैठक बोलाएको हो ।
यसअघि २५ वैशाखमा बस्ने गरी केन्द्रीय कार्यालयको र २९ वैशाखदेखि तीन दिन बस्ने गरी केन्द्रीय कमिटीको बैठक आह्वान गरेको हो । केन्द्रीय कमिटी बैठक भने २९ देखि ३१ वैशाखसम्म चल्ने गरी बोलाइएको छ ।
बैठकमा समसामयिक राजनीतिक तथा पार्टी नेताहरूविरुद्ध जारी पक्राउ पुर्जीलगायतका विषयमा छलफल हुनेछ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया