राजनीति

ओलीमाथि तथ्यहीन र आधारहीन आरोप लगाइएको उपप्रधानमन्त्री पोखरेलको आरोप

इकागज |
मंसिर ३, २०७७ बुधबार २०:४२ बजे

काठमाडौं : सत्तारुढ दल नेकपाका सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्‍वर पोखरेलले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीप्रति तथ्यहीन, आधारहीन र पार्टी एकतामा गंभीर रूपमा आँच पुर्‍याउने मनसाय र उद्देश्यबाट प्रेरित आरोपहरू लगाइएको बताएका छन् । ती आरोपहरूलाई अस्वीकार गर्न ओलीले व्यवस्थित र सामग्रिक रूपमा खण्डन गर्न ओलीले आगामी बैठकमा लिखित प्रतिवेदन पेस गर्ने उदघोग बुधबारको सचिवालय बैठकमा गरेको पोखरेलको भनाइ छ । 

'आफूमाथि लगाइएका “ तथ्यहीन , आधारहीन, पार्टी एकतामा गंभीर रूपमा आँच पुर्याउने मनसाय र उद्देश्यबाट प्रेरित आरोपहरू” लाई आफूले अस्वीकार गर्ने र खारेज गर्ने उद्घोष गर्नुभएको छ केपी शर्मा ओलीले , सचिवालयको बैठकमा,' पोखरेलले सामाजिक सञ्‍जाल फेसबुकमा लेखेका छन्, 'त्यसको व्यवस्थित र सामग्रिक रूपमा खण्डन गर्ने कुराको समेत  घोषणा गर्नुभएको छ , उहाँले ।' 


पोखरेलले ओलीमाथि लगाइएका आरोपहरूको छिनोफानो नगरी पार्टी एकताको प्रकृयालाई अगाडि बढाउन सहज र संभव नहुने पनि उल्लेख गरेका छन् । यो गंभीरतालाई पार्टी एकताको पक्षमा उभिएका नेकपाका सबै तहका नेता, कार्यकर्ताहरूले बुझ्‍नुपर्ने पोखरेलको भनाइ छ । 


Author

थप समाचार
x