राजनीति

गण्डकीका मुख्यमन्त्री गुरुङले लिए शपथ

इकागज |
बैशाख २९, २०७८ बुधबार १८:१९ बजे

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । गुरुङलाई आजै प्रदेश प्रमुख सीता पौडेलले मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।  

प्रदेश प्रमुखले वैकल्पिक सरकार गठनका लागि दिएको ७२ घण्टे समय सीमाभित्र कांग्रेस, माओवादी र जसपासहितको विपक्षी गठबन्धले बहुमत  जुटाउन नसकेपछि ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता गुरुङ नै मुख्यमन्त्री नियुक्त भएका हुन् ।


उनलाई  संविधानको धारा १६८ (३) अनुसार नियुक्त गरेर शपथ ग्रहण गराएकी हुन् ।  अबगुरुङले ३० दिनभित्र सदनबाट विश्वासको मत लिनुपर्नेछ । 

पुन:मुख्यमन्त्री बनेका गुरूङले कोभिड कोषमा ४ करोड जम्मा गर्ने पहिलाे निर्णय गरेका छन् । 


 


Author

थप समाचार
x