स्थगित संसद बैठक सुरु

काठमाडौं । १५ मिनेट स्थगित भएको प्रतिनिधिसभाको बैठक सुरु भएको छ। राप्रपाले वेल घेराउ गरेपछि बैठक स्थगित भएकाे थियाे ।
बैठक सुरु भएपछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली शरणार्थी प्रकरणका सम्बन्धमा कुरा उठाएका थिए ।
नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बसेको बैठकमा राप्रपाका सांसदहरुले आकस्मिक समयमा बोल्न पाउनुपर्ने माग राखेर रोष्ट्रम घेर्दै नाराबाजी गरिरहेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया