प्रदर्शन गरेर बस्ने होइन, भ्रष्टाचारीलाई सिधै बागमतीमा चोपल्ने हो : बालेन शाह
काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले भ्रष्टचारीलाई बागमतीमा चोपल्न आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमा अनेक कुरा लेख्ने मेयर शाहले यसपटक भने भ्रष्टाचारीविरुद्धमा मुख खोलेका छन् ।
उनले भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्ने होइन, सिधै कारबाहीमा जानु पर्ने बताएका छन् । ‘तपाईंहरूलाई यत्रो भोट दिएर नेता बनाएको आन्दोलन गर्नलाई हैन, सिधै कारबाही गर्नलाई हो, सिधै कारबाही गर्ने नीति बनाउनलाई हो ।’
'भ्रस्टाचारविरुद्धको आन्दोलन ? को नेता हो थाह छ ? घर कहाँ हो थाह छ ? सिधै लगेर बागमतीमा चोपाल्नुस्' शाहले लेखेका छन् 'यस्तो सडक नाटक धेरैदेखि सक्यौँ हाम्ले । पत्याउदिन म चाहीँ ।'
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया