सोमबार राप्रपाको बैठक, लिङ्देनले राजनीतिक र मिश्रले रणनीति प्रतिवेदन प्रस्तुत गर्ने
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को सोमबारदेखि केन्द्रीय समितिको पूर्ण बैठक काठमाडौँको धुम्बाराहीमा सुरु हुने भएको छ ।
आगामी जेठ ३ गतेसम्म चल्ने बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, निर्वाचनको समीक्षा, प्रदेश तथा जिल्लामा भएका साङ्गठनिक गतिविधिको समीक्षा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल गरिने नेता राजाराम श्रेष्ठले जानकारी दिए ।
अध्यक्ष राजेन्द्र लिङ्देनले भावी कार्यदिशासम्बन्धी राजनीतिक प्रतिवेदन तथा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीको सङ्गठनको रणनीति र कार्यनीतिसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नेछन् । सचिवालयसम्बन्धी र आर्थिक प्रतिवेदन पनि पेस गरिनेछ ।
बैठकमा पेस हुने सबै प्रतिवेदनमाथि केन्द्रीय सदस्यले आफ्नो धारणा राख्नेछन् । पार्टीको कार्ययोजनाको समीक्षा गरी आगामी कार्यदिशा तय गरिनेछ । गत साउनमा सम्पन्न पूर्ण बैठक करिब १० महिनापछि बस्न लागेको बैठकको तयारी सबै पूरा भएको जनाइएको छ । यही वैशाख ३० र ३१ गते बस्ने गरी मिति तय भएको बैठक थप तयारी गर्नुपर्ने भएकाले जेठमा सारिएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया