Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

राजनीति

नक्कली भुटानी शरणार्थी प्रकरणमा मेराे कुनै संलग्नता छैन : बालकृष्ण खाँण

इकागज |
बैशाख ३१, २०८० आइतबार १७:३ बजे

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणले आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका छन् ।

आइतबार सरकारी वकिलको कार्यालयबाट म्याद थपका लागि अदालत लैजाने क्रममा सञ्चारकर्मीमाझ खाँणले उक्त प्रकरणमा आफू संलग्न नभएको प्रतिक्रिया दिएका हुन् ।


नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्नता देखिएको भन्दै खाँणलाई प्रहरीले पक्राउ गरेको थियो । 


Author

थप समाचार
x