Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

राजनीति

सिद्धान्त नमिल्ने पार्टीहरू मिलेर बारम्बार सरकार बनाउनु संस्थागत अपराध : पूर्वराजदूत आचार्य

इकागज |
बैशाख ३१, २०८० आइतबार २०:३ बजे

फाइल तस्बिर

काठमाडौँ- पूर्वराजदूत नीलाम्बर आचार्यले सिद्धान्त नमिल्ने पार्टीहरू मिलेर बारम्बार सरकार बनाउनु संस्थागत अपराध भएको बताएका छन् । आइतबार काठमाडौँमा टंकप्रसाद आचार्य प्रतिष्ठानले आयोजना गरेको नक्कली शरणार्थी सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

पूर्वराजदूत आचार्यले सिद्धान्त नमिल्ने पार्टीहरूबीच एक अर्कासँगको एकता प्रक्रिया भ्रष्ट र अपराधकर्मीहरूको संगठन भएको बताए । उनले  जति पटक निर्वाचन भएर सरकार परिवर्तन भए पनि भ्रष्ट र अपराधकर्मीको संगठनको जालोले निरन्तरता पाइराखेको उल्लेख गरे ।


भुटानी शरणार्थी प्रकरणमा वर्तमान सरकारले सक्षमता प्रदर्शन गर्न आवश्यक रहेको उनकाे भनाइ छ । उनले नक्कली भुटानी शरणार्थी प्रकरण एउटा घनीभूत संगठित अपराध भएको बताए ।

आचार्यले नक्कली शरणार्थी मात्रै नभएर मानव तस्कर र राज्यविरुद्धको राज्यलाई खोक्रो पार्ने अपराध भएको टिप्पणी गरे । उनले अपराधमा संलग्न हुनेहरू धेरै शक्तिशालीहरू हुने र उनीहरूलाई संरक्षण दिनेहरू महाशक्तिशालीहरू भएको बताए । उनले नक्कली भुटानी शरणार्थी प्रकरणले नेपालको शासन व्यवस्था कता गइरहेको छ ? भनेर देखाएको बताए ।

उनले शरणार्थी प्रकरणको घटनामा राजनीतिक प्रतिशोधका रूपमा नभएर पक्राउ पर्नेहरू अपराध गर्नेका रूपमा पक्राउ परेको उल्लेख गरे । 


Author

थप समाचार
x