धेरै बिमा कम्पनीहरूलाई लाइसेन्स दिने सरकारको कदम ठीक भएन : अर्थमन्त्री महत
फाइल तस्बिर
काठमाडौँ- अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपालमा धेरै बिमा कम्पनीहरूलाई लाइसेन्स दिने सरकारको कदम ठीक नभएको बताएका छन् । सोमबार बिमा कम्पनीको ५५ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले धेरै बिमा कम्पनीहरूलाई लाइसेन्स दिने सरकारको कदम गलत भएको ठहर गरे ।
महतले प्राधिकरणको अगुवाइमा बिमा कम्पनीहरू मर्जरमा जानु आवश्यक भएको उल्लेख गरे । उनले बिमा क्षेत्र प्रतिष्पर्धी, परिणाममुखी र स्वस्थ हुन जरुरी रहेको बताए ।
अर्थमन्त्री महतले धेरै बिमा कम्पनीहरूलाई लाइसेन्स वितरण गरिएको भन्दै अब कोर्ष करेक्सन जरुरी रहेको बताए । उनले बिमामा धेरै क्षेत्रलाई समेट्न जरुरी रहेको बताउँदै , नियामक निकायले व्यावसायिक हैसियत देखाउन जरुरी रहेको औंल्याए । उनले देशको आर्थिक अवस्थालाई मध्यनजर गरी बिमा कम्पनीहरू दर्ता गर्न जरुरी रहेको बताए ।
अर्थमन्त्री डा. महतले सरकारले बिमालाई उच्च प्राथमिकता दिएको र स्वास्थ्य बिमाको समानान्तर चलिरहेको उल्लेख गर्दै यसलाई कसरी एउटै छाताभित्र ल्याउने भन्ने चुनौती रहेको जिकिर गरे । उनले सामाजिक सुरक्षाका दायित्वलाई कसरी वहन गर्ने भन्नेबारेमा सरकारले बिमाबाट नै सामाजिक सुरक्षा कसरी जोड्ने भन्नेबारेमा खोजीको विषयवस्तु रहेको बताए । उनले सम्पूर्ण वित्तीय क्षेत्रमा सुधारको आवश्यकता रहेको उल्लेख गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया