राजनीति

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको आचार संहिता जारी

इकागज |
बैशाख ३०, २०७८ बिहीबार १८:५ बजे

काठमाडौं : जेठ ६ गते बागमती प्रदेशमा हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचन सम्पन्‍न नभएसम्मका लागि निर्वाचन आचारसंहिता, २०७२ लागू भएको छ । निर्वाचन आयोगले बुधबारबाट आचारसंहिता जारी गरेको हो । 

सरकार र मन्त्री, प्रदेश सरकार र स्थानीय तह, कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा राष्ट्रिय अनुसन्धान विभाग र प्रदेश प्रहरीका कार्यालय तथा सुरक्षाकर्मी, निर्वाचनको काममा संलग्‍न कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भातृ संगठन, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, सार्वजनिक पद धारण गरेको व्यक्ति, निर्वाचन पर्यवेक्षक, सरकारी तथा निजी क्षेत्रका सञ्‍चार माध्यम, निजी तथा गैरसरकारी संस्था, सरकारको अनुदानमा सञ्चालित विश्वविद्यालय वा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरूमा आचारसंहिता जारी गरेको हो । 

आचार संहिताको पूर्ण रुपमा पालना गरी स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा उपनिर्वाचन सम्पन्न गर्न सहयोगका लागि आयोगले अनुरोध गरेको छ । 



Author

थप समाचार
x