बजेट विश्वसनीय बनाउन अप्रिय कदम चाल्नुपर्छ : सांसद वाग्ले
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले देशमा नीतिगत भ्रष्टाचार बढ्दै गएको बताएका छन् । शनिबार अर्थ समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
कागजपत्र, नियमावली संशोधन र सके संविधान नै संशोधन गरेर नीतिगत भ्रष्टाचार हुने गरेको वाग्लेले बताए । उहाँले अहिले गल्ती गर्नेहरूलाई समात्न पनि अफ्ठ्यारो हुने गरी नीतिगत भ्रष्टाचार भइरहेको उल्लेख गरे । उनले अर्थ सम्बन्धित विषय अर्थ मन्त्रालयमा नै गएर टुंगिने भन्दै नीतिगत भ्रष्टाचार रोक्न नयाँ सोच अघि सार्नुपर्ने बताए ।
नीतिगत भ्रष्टाचारमाथि प्रहार गर्न आवश्यक उनले औंंल्याए । बजेटको आकार विश्वसनीय बनाउन आवश्यक रहेको बताउँदै सांसद वाग्लेले बजेट विश्वसनीय बनाउन अप्रिय निर्णय लिनुपर्ने जिकिर गरे ।
सांसद वाग्लेले लाइसेन्सिङ र पोलिसी करप्शनलाई प्रहार गर्न आवश्यक रहेको बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया