उखु नगदेबाली हो, तर सरकारले उधारो बाली बनाइदियो : अमरेशकुमार सिंह
काठमाडौं– सर्लाही–४ को निर्वाचित स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले उखु किसानको समस्या समाधान गर्न सरकारले पहल गर्नुपर्ने बताएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै डा. सिंहले उखु किसानको बक्यौता सरकारले छिटो दिलाउनुपर्ने माग गरे ।
‘किसानहरूले पैसा नभएर कसरी धानबाली लगाउने ? कसरी मल किन्ने ? बिउ किन्ने ?,’ उनले प्रश्न गरे, ‘त्यसैले उखु किसानको समस्या तत्काल समाधान होस् ।’
उखु नगदेबाली भएर पनि सरकारले उधारो बाली बनाइदिएको भन्दै उनले भने, ‘किसानलाई न समयमा मल दिने, न बिउ दिने न सिँचाइको व्यवस्था गर्ने । सरकारले उल्टै किसानले मेहनत गरेर उखु उत्पादन गर्छ, त्यसलाई पनि सरकारले उधारोमा लट्काइ दिन्छ ।’
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया