राजनीति

बागमतीमा काे-काे बन्दैछन् मन्त्री ?

इकागज |
जेठ ७, २०८० आइतबार १४:४३ बजे

मकवानपुर- बागमती प्रदेशमा मन्त्रालय फुटाउने तयारी भएको छ । आज (आइतबार) ३ बजे सरकारले पूर्णता पाउने छ । जसमा एक मन्त्रीलाई मन्त्रालयपछि तोकिने गरी आजै शपथ गराइँदै छ ।

झण्डै दुई महिनादेखि अधुरो रहेको प्रदेश सरकारले आज पूर्णता पाउँदै छ । नेकपा (एकीकृत समाजवादी)लाई २ र नेपाली कांग्रेसलाई ४ मन्त्री दिइएको छ । 
आज एकीकृत समाजवादीका डा. राजेन्द्रमान श्रेष्ठले कृषि तथा पशुपन्छी विकास मन्त्रालय, लक्ष्मण लम्सालले श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारीमा शपथ लिँदैछन् । 


यसैगरी कांग्रेसका पुकार महर्जनले पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, उत्तम जोशीले स्वास्थ्य मन्त्रालय र मसिना खड्काले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी लिँदैछन् ।

कांग्रेसका उपनेता रामकृष्ण चित्रकारलाई मन्त्रालयको जिम्मेवारीपछि तोकिने गरी आजै मन्त्री नियुक्त गरिँदै छ ।


Author

थप समाचार
x