धनगढीमा पूर्व राजा शाहको नागरिक अभिनन्दन
कैलाली- पूर्व राजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दन गरिएको छ । सोमबार धनगढी रङ्गशालामा हजारौँ नागरिकले अभिनन्दन गरेका हुन् । पूर्व राजा बुहारी र नातिनीसहित आइतबार धनगढी आइपुगेका हुन् । उनीहरू नेपालगञ्जबाट सडक मार्ग हुँदै धनगढी पुगेका हुन् ।
राजपरिवारलाई अभिनन्दन गर्न धनगढीमा पूर्व मन्त्री जयन्त चन्दको संयोजकत्वमा एक हजार एक सदस्यीय नागरिक अभिनन्दन मूल समारोह समिति गठन गरिएको थियो । सुरुमा जेठ ६ गते कार्यक्रम तय भए पनि नागरिक उन्मुक्ति पार्टीले नेपाल बन्द गर्ने भनेपछि अभिनन्दन समारोह सोमबारका लागि सरेको हो ।
नागरिक अभिनन्दनपछि पूर्व राजा शाहले मुलुकको वर्तमान अवस्थाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले वर्तमान युग प्रविधि र तीव्र विकासको युग भए पनि नेपाल र नेपालीले त्यो अनुभव गर्न नपाएको बताएका छन् ।
पूर्व राजाले नेपालमा भएको स्रोत साधन र सामर्थ्यद्वारा युग अनुकूल परिवर्तन र विकास गर्न सम्भव भए पनि त्यो हुन नसक्नु मुलुक र जनताका लागि दुर्भाग्यको विषय भएको बताएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया