Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

राजनीति

सांसद मंगलबहादुर गुप्ताको प्रश्न– उखु किसानलाई दिने भनिएको अनुदान कहाँ गयो ?

इकागज |
जेठ ९, २०८० मंगलबार १२:१ बजे

काठमाडौं– प्रतिनिधिसभा सदस्य मंगलबहादुर गुप्ताले माइतीघर मण्डलामा अनशनरत उखु किसानका मागप्रति सरकारको ध्यानाकर्षण गरेका छन् । मंगलबारको संसद् बैठकको शून्य समयमा बोल्दै उनले सरकारले उखु किसानलाई दिने भनेको अनुदान अझै नपाएको बताए । 

सरकारले आर्थिक वर्ष २०७०–७१ मा किसानलाई प्रति क्विन्टल २५ रुपैयाँ अुनदान दिने निर्णय गरेको बताउँदै गुप्ताले भने, ‘आर्थिक वर्ष २०६९–७० देखि उखु किसानलाई प्रति क्विन्टल २५ रुपैयाँ अनुदान दिने भनेको थियो । सबै किसानको अनुदान रकम २ करोड ४८ लाख रुपैयाँ हुन्छ । तर, सबै किसानले पाए पनि उहाँहरुले पाउनुभएन ।’


अनुदानका लागि उनीहरुले गृह, कृषि र अर्थमन्त्रालय पटकपटक धाएको उनको भनाइ छ । किसानलाई सम्बन्धित मन्त्रालयले अनुदान दिने निर्णयसमेत गरेको उनले बताए । ‘तर अर्थमन्त्रालयका अनुसरा अनुदान उद्योगीलाई दिइएको छ । तर, उद्योगीहरु भने पैसा आफूले नपाएको बताउँछन्,’ उनको प्रश्न छ, ‘पक्त रकम कहाँ गयो ?’


Author

थप समाचार
x