राजनीति

उच्च अदालत पाटनले उल्ट्यायो विनु यादवको मुद्दा

इकागज |
जेठ १०, २०८० बुधबार १२:३७ बजे

काठमाडौं– माइतीघर मण्डलामा अनसनरत सोलुखुम्बुकी विनु यादवको मुद्दामा उच्च अदालत पाटनले जिल्ला अदालत रामेछापको फैसला उल्ट्याएको छ । 
मंगलबार  न्यायाधीश सुवास पौडेल र सुदर्शन पाण्डेको संयुक्त इजलासमा सम्बन्ध विच्छेद गर्नुपर्ने कुनै यथेष्ट कारण नभएको भन्दै उच्च अदालतले जिल्ला अदालत रामेछापकाे फैसला उल्टाएको हो ।

यसअघि जिल्ला अदालत रामेछापले न्यायाधीश बद्रीप्रसाद ओलीको एकल इजलासमा सम्बन्ध विच्छेद गर्नुपर्ने माग लिएर गएका निवेदक प्रदीप कठायतको मागलाई सदर गर्दै निवेदककै पक्षमा फैसला गरेको थियो । सो फैसला २०७९ साल वैशाख सात गते भएको थियो ।


मिलापत्रको कागज नै पढ्न नदिएर जबर्जस्ती सम्बन्धविच्छेद गराएको फैसलाविरुद्ध वैशाख २७ देखि विनुको अनसनसहितको सत्याग्रहको आज १५औँ दिन हो । 


Author

थप समाचार
x