राजनीति

खेलकुदमा उचित बजेट विनियोजनका लागि पहल गर्छु : मन्त्री लिम्बू

इकागज |
जेठ १२, २०८० शुक्रबार १८:४५ बजे

फाइल तस्बिर

काठमाडौँ- युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले आउँदै गरेको बजेटमा खेलकुद क्षेत्रलाई सम्बोधन गर्ने किसिमको बजेट निकासा गर्न पहल गर्ने बताएका छन् ।

राजधानीमा शुक्रबार युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद प्रतिभा एवं खेलकुद पत्रकारिता गरेका व्यक्तिलाई सम्मान गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री लिम्बूले आउँदै गरेको बजेटमा खेलकुद क्षेत्र सम्बोधन गर्ने किसिमको बजेट निकासा गर्न पहल गर्ने बताएका हुन् । खेलाडीहरूले बजेटका कारण पर्याप्त अभ्यास गर्न नपाएको र पटकपटक बजेटका लागि आग्रह गरिरहनुपर्ने अवस्था रहेको भन्दै बजेटका लागि माग गरे अनुसार उपलब्ध गराउन प्रयास गर्ने मन्त्री लिम्बूले बताए ।


बजेट निकास हुने भन्दै आशावादी हुन मन्त्रीले खेलाडीहरूलाई आग्रह समेत गरे । यस्तै लिम्बूले बजेट कस्तो माग गर्ने भन्ने विषयमा सरोकारवालसँग छलफल गर्ने समेत उल्लेख गरे ।


Author

थप समाचार
x