संसद्को अवरोध हटाउन तीन दलका शीर्ष नेताहरू छलफलमा
काठमाडौँ- संसद् सुचारु गर्ने विषयमा तीन ठूला दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा तीन ठूला दलका शीर्ष नेताहरू छलफलमा जुटेका हुन् ।
बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओली सहभागी छन् ।
त्यस्तै एमाले प्रमुख सचेतक पदम गिरी, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र प्रमुख सचेतक रमेश लेखक उपस्थित छन् ।
माओवादीबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र प्रमुख सचेतक हितराज पाण्डे छलफलमा सहभागी छन् ।
संसद् बैठक आज दिउँसो ४ बजे बैठक बस्ने कार्यतालिका छ ।
एमालेको अवरोधका कारण शु्क्रबार स्थगित भएको थियो । १० पुसमा नीति था कार्यक्रममाथि छलफलमा भाग लिँदै माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिको जलहरीमा अनियमितता भएको बताएको विषयमा आपत्ति जनाउँदै नेकपा एमालेले संसद बैठक अवरोध गरेको हो ।
शु्क्रबार दिनभर दलहरूबीच बैठक सञ्चालनका लागि छलफल भए पनि सहमति हुन सकेको थिएन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया