Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

राजनीति

रेशम चौधरी ६ वर्षपछि जेलमुक्त हुँदै

इकागज |
जेठ १५, २०८० सोमबार ७:३१ बजे

फाइल तस्बिर

काठमाडौँ- आज पुर्व सांसद रेशमलाल चौधरी ६ वर्षपछि जेलमुक्त हुँदैछन् । सरकारले गरेको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले बाँकी अवधिको जेल मिनाहा गरेपछि उनी आज जेल मुक्त हुन लागेका हुन् ।

गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिले आममाफी दिएपछि बितेका ६ वर्षदेखि डिल्लीबजार कारागारमा रहेका उनी आज बिहान जेलमुक्त हुन लागेका हुन् । नागरिक उन्मुक्ति पार्टीका संस्थापकसमेत रहेका चौधरी जेलमुक्त हुने भए पछि सो पार्टीले उनको स्वागतका लागि नेता तथा कार्यकर्तालाई डिल्लीबजार कारागर परिसरमा आउन निर्देशन दिएको छ ।


टिकापुर नरसंहारमा दोषि ठहर गर्दै उच्च अदालतले जन्मकैदको सुनाएको फैसलालाई गत जेठ २ गते सर्वोच्च अदालतले सदर गरेको थियो । न्यायाधीशद्धय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले उच्च अदालतको फैसला सदर गरेको १३ औँ दिनमा चौधरीलाई आममाफी दिइएको हो । 

२०७५ फागुन २२ गते कैलाली जिल्ला अदालतले साविक मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (३) नम्बर बमोजिम जन्मकैद तथा ज्यान मार्ने उद्योगतर्फ १५ नम्बर बमोजिम ५ वर्ष कैद सजाय सुनाएको थियो । २०७७ पुस २ मा उच्च अदालत दीपायलले जिल्ला अदालतको फैसला सदर गर्दै जन्मकैदको फैसाला सुनाएपछि उनी रिहा हुन सकेका थिएनन् ।

उता उच्च अदालतको सो फैसलालाई पनि सर्वोच्च अदालतले सदर गरेपछि उनी काननुतः २०९४ सालसम्म जेल सजायमा बस्नु पर्ने थियो । तर, सरकारले गणतन्त्र दिवसको अवसरमा आममाफी दिने निर्णयपछि उनी १४ पर्ष अघि नै जेलमुक्त हुन लागेका हुन् ।

२०७४ फागुनमा पक्राउ परेका उनीमाथि टिकापुर नरसंहारमा एक बालकसहित ९ जना सुरक्षाकर्मीको विभत्स तथा निर्मम तरिकाले हत्या गरेको अभियोग छ । तर, २०७४ सालको आमनिर्वाचनमा कैलाली–१ वाट निर्वाचित चौधरी जेलमुक्त हुने भएपछि नागरिक उन्मुक्ति पार्टीका नेता तथा कार्यकर्ता आज बिहान डिल्लीबजार पुग्दैछन् । 


Author

थप समाचार
x