किन बस्दैछ एमाले सचिवालय बैठक ?
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। पार्टी मुख्यालय च्यासल, ललितपुरमा सो बैठक बस्न लागेको हो । बैठक बिहान साढे ११ बजेबाट सुरू हुनेछ।
सो बैठकमार्फत वार्षिक कार्ययोजनालाई अन्तिम रूप दिइने तथा केन्द्रीय सदस्यहरूको कार्यविभाजनका गरिने छ ।
गत वैशाख २८ गतेदेखि ३० गतेसम्म बसेको पार्टी केन्द्रीय कमिटीको बैठकले आफ्नो जिम्मेवारीमा रहेको भूगोलभन्दा फरक जिल्लामा काममा खटाउने निर्णय गरे अनुसार केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्न लागिएको हो ।
एमालेको सचिवालयमा पदाधिकारीसिहत १९ जना सदस्य रहेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया