अनियमिततामा दोषी ठहरिए माओवादी पार्टीकै नेता भए पनि कारबाही गर्छु : गृहमन्त्री
काठमाडौँ- उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा राज्यले थालेको अनुसन्धान खेर नजाने बताएका छन् । शनिबार काठमाडौँमा स्थानीय तहका दलित जनप्रतिनिधिको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले नक्कली भुटानी शरणार्थी प्रकरणबारे अनुसन्धान स्वतन्त्र र निष्पक्ष रूपमा दाेषीमाथि कारबाही हुने जिकिर गरे । आफू राम्रो काम गरेँ भनेर विश्राम गरेर नबस्ने उनकाे भनाइ छ ।
उपप्रधानमन्त्री श्रेष्ठले सुशासनको बाधकका रूपमा जुनसुकै पार्टीको नेता पनि भ्रष्टाचार र अनियमिततामा फेला परे कारबाही गर्न पछि नहट्ने बताए । उनले आफ्नै पार्टी नेकपा (माओवादी केन्द्र) का नेताहरू पनि भ्रष्टाचार काण्डमा, अनियमितताको काण्डमा परे भने कारबाही गर्न पछि नहट्ने र त्यो बेला आश्चर्यमा पर्न आवश्यक नरहेको उल्लेख गरे ।
साथै कसैले बढुवा, सरुवाको निम्ति अनियमितता गरेर रकम दिने र लिनेलाई नै जेल हाल्ने उनले चेतावनी दिए । उनले आफू सयौं पटक चुनाव हार्न तयार रहेको तर निष्पक्षता र संवैधानिक मूल्य मान्यता बिर्सिन नसक्ने बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया