नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध धर्ना बस्दै नेमकिपा
भक्तपुर । राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले आइतबार राजधानीमा जुलुस र धर्ना कार्यक्रम गर्ने भएको छ ।
आज बिहान ९ बजे कोटेश्वरमा जम्मा भई जुलुस गरेर संघीय संसद भवन नयाँं बानेश्वरमा धर्नामा बस्ने पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाइले बताए । धर्नामा पार्टीका केन्द्रीय नेताहरुबाट सम्बाेधन हुनेछ ।
यसअघि वैशाख १७ गते बसेकाे पार्टीको सचिवालको बैठकले नागरिकता प्रमाणीकरण तत्काल रद्द गर्न माग गरेको थियो । त्यस पछिबाट निरन्तर पार्टीले जिल्ला जिल्लामा विरोध कार्यक्रम गर्दै आएको छ । यस अन्तर्गत केन्द्रीय राजधानी काठमाडौंमा जुलुस र धर्ना गर्न लागेको हाे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया